बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा « Khabarhub

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुर बसाहा क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न खेलमा आयोजक टोली द योङ ब्रदर्श क्लब, इटहरीलाई १–० गोल अन्तरले पराजित गर्दै उदयपुर बसाहा क्लब फाइनल प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको पनि दोस्रो हाफको १९औँ मिनेटमा बसाहाका रितेश तामाङले गरेको गोल नै आजको खेलको निर्णायक बन्यो । प्लेयर अफ द म्याच भएका तामाङले रु पाँच हजार ५०० र पदक प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार बसाहा क्लबउदयपुर र लोहोरुङ्ग फुटबल क्लब सङ्खुवासभाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु दुई लाख दुई हजार २०० प्राप्त गर्नेछ ।

इटहरी उपमहानगरपालिकाको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा सञ्चालन भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा विगत दुई वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुँदै आएको छ फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  १० : २७ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ