काठमाडौं- भारतले पछिल्लो समय तीव्र गतिमा आर्थिक विकास गरिरहेको छ । यसै क्रममा त्यहाँको बेरोजगारी दरमा उल्लेख्य सुधार आएको तथ्याङ्कले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा बेरोजगारी दर घटेर ४.९ प्रतिशतमा झरेको छ ।
यसअघि जनवरी महिनामा यो दर ५ प्रतिशत रहेको थियो । विज्ञहरूले फेब्रुअरीमा बेरोजगारी दर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेका थिए ।
बेरोजगारी दरमा आएको यो गिरावटले भारतीय अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको संकेत गर्दछ । रोजगारीका अवसरहरू सिर्जना हुनुले देशको आर्थिक वृद्धिलाई थप बल पुर्याएको छ ।













प्रतिक्रिया