आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै « Khabarhub

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ, भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युथ क्लब (ललितपुर), केपिलासगढी गाउँपालिका (खोटाङ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ) र द गोर्खाज फुटबल क्लब (उदयपुर) गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : १४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले