आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै « Khabarhub

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

भोजपुर नगरपालिका–७ स्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ, भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा–११, सातदोबाटो युथ क्लब (ललितपुर), केपिलासगढी गाउँपालिका (खोटाङ), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौँ) र द गोर्खाज फुटबल क्लब (उदयपुर) गरी ८ टोली सहभागी छन् ।

प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः पाँच लाख र तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्य व्यक्तिगत विधातर्फ सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : १४ बजे

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान