मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

मोबाइल वितरणको हल्ला असत्य हो


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन (आइफोन) वितरण गर्ने तयारी गरिरहेको भन्ने चर्चाको खण्डन गरेका छन्।

नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले उक्त हल्ला पूर्णतः गलत र कपोलकल्पित रहेको स्पष्ट पारेका हुन्। पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सरकारले मन्त्रीका लागि महँगा मोबाइल खरिद गर्न लागेको भन्दै फैलाइएको सूचनामा कुनै सत्यता नभएको उनले बताए।

“मन्त्रीहरूलाई नयाँ मोबाइल बाँड्ने सरकारको कुनै योजना छैन,” स्थानीयसँगको छलफलमा उनले भने, “यस्ता भ्रामक र निराधार हल्लाका पछाडि नलाग्न म सबैलाई आग्रह गर्दछु।”

कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकारको प्राथमिकता विलासिताका वस्तुभन्दा पनि जनताका आधारभूत आवश्यकता र सूचना प्रविधिको विकासमा रहेको उल्लेख गरे। उनले स्थानीय बासिन्दाका समस्या सुन्दै छहरे क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ३० बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र