प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल « Khabarhub

प्रश्न गर्ने स्तर उकास्नुहोस्, रुपको होइन विचारको चर्चा गरौँ : सांसद धिताल


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले सार्वजनिक जीवनमा रहेका महिलालाई सोधिने प्रश्न र उनीहरूको प्रस्तुतिलाई लिएर गरिने टिप्पणीको स्तरप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। पूर्वपत्रकार समेत रहेकी सांसद धितालले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरेकी हुन्।

विशेषगरी युवा महिला जनप्रतिनिधिसँग प्रश्न सोध्दा “राम्री हुनुहुन्छ” वा “चिटिक्क परेर आउनुभएको छ” जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाएकी छन्। “यो सुन्दा व्यक्तिगत टिप्पणी जस्तो लागे पनि संरचनागत रूपमा महिलालाई विषयवस्तुबाट हटाएर रूपमै सीमित गर्ने प्रवृत्ति हो,” धितालले उल्लेख गरेकी छन्।

सांसद धितालले पत्रकारिता क्षेत्रले बौद्धिक रूपमा आलोचना र गहिरा प्रश्न उठाउनुपर्नेमा जोड दिएकी छन्। उनले भनिन्, “तपाईंले बोक्नुभएको माइक विचार बोक्ने माध्यम हो, सौन्दर्यको मूल्याङ्कन गर्ने होइन। सौन्दर्यका लागि अन्य थुप्रै प्लेटफर्महरू छन्।” यस्ता हल्का टिप्पणीले सार्वजनिक बहसको स्तर घटाउने र महिलाका मुद्दालाई ओझेलमा पार्ने उनको तर्क छ।

मुख्यधारका मिडिया र युट्युब च्यानलबीच देखिएको दूरी प्रश्नको स्तरले नै निर्धारण गर्ने बताउँदै उनले केही युट्युब च्यानलबाट समेत सिक्न आग्रह गरेकी छन्। उनले भनिन्, “प्रश्न गर्ने स्तर उकास्नुहोस्, हामी त्यस्ता प्रश्नहरूको जवाफ दिन र आवश्यक तयारीका साथ उभिन तयार छौँ।”

सांसद धितालले सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो अभ्यासले पितृसत्तात्मक संस्कारलाई नै बलियो बनाउने बताएकी छन्। मिडिया समाजको चेतना निर्माण गर्ने शक्ति भएकाले यसलाई संवेदनशील र रूपान्तरणमुखी बनाउनु सञ्चारकर्मीको अपरिहार्य दायित्व भएको उनको भनाइ छ। आफू पनि पत्रकारिता पृष्ठभूमिबाटै आएको स्मरण गर्दै उनले मिडिया समुदायप्रति आफ्नो सधैँ आत्मीयता रहेको तर गलत प्रवृत्तिविरुद्ध बोल्न आवश्यक ठानेको प्रष्ट पारेकी छन्।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : ३६ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल