विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने « Khabarhub

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने भएको छ ।

निर्माण पक्षले आइतबार फिल्मको ‘प्रिभ्यू’ सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

प्रिभ्यूमा विपिन र केकीलाई समावेश गरिएको छ । उनीहरू दम्पतीको भूमिकामा रहेको खुलाइएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्टलगायत छन् ।

क्लासिक लभस्टोरी जनरामा बनेको यस फिल्मको निर्देशक लक्ष्मण रिजाल हुन् । रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १२ : ४१ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले