अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प « Khabarhub

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा प्रस्तावित सैन्य अपरेसन स्थगित गर्नुपरेको खुलेको छ।

अमेरिकी प्रसिद्ध अनलाइन वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार आफ्ना सैनिकको ठूलो हताहतीको डर ट्रम्पलाई थियो ।

उक्त मिसनमा अमेरिकी सैनिकहरूलाई ठूलो क्षति हुन सक्ने भयकै कारण ट्रम्पले ठूलो हल्लाखल्लाबीच पछि हटेको दाबी उक्त अनलाइनले गरेको छ।

रिपोर्टमा भनिएको छ, ‘ट्रम्पलाई सैनिकहरू सुरक्षित रूपमा फर्कन नसक्ने चिन्ता थियो। उनीहरू शत्रुका लागि सजिलो निशाना बन्न सक्ने थिए। सोही जोखिमलाई ध्यानमा राखेर उनले अपरेसन अगाडि बढाउन ट्रम्पले अस्वीकार गरे।’

बाब-अल-मन्देब स्ट्रेट बन्द गर्ने हूतीको धम्की

यमनका हूती विद्रोहीहरूले बाब-अल-मन्देब जलडमरूमध्य बन्द गर्ने धम्की दिएका छन्।

हूती सरकारका उप-विदेशमन्त्री हुसैन अल-एज्जीले भनेका छन्, ‘यदि अमेरिकाले शान्ति प्रक्रियामा बाधा पुर्‍याइरह्यो भने उनीहरूले यो कदम चाल्न सक्छन्।’

उनले यदि यो स्ट्रेट बन्द गरियो भने, यसलाई फेरि खोल्न सजिलो नहुने बताएका छन्।

बाब-अल-मन्देबले रातो सागरलाई अदनको खाडीसँग जोड्छ । विश्वव्यापी व्यापार, विशेष गरी तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग मानिन्छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : १९ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६