आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू)  « Khabarhub

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

इन्धन बचत लक्ष्य पूर्ण रूपमा प्रभावकारी भएन


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा लागू गरेपछि अपेक्षा गरिएको सवारी चापको कमी पूर्ण रूपमा देखिएको छैन।

आइतबार बिहान ९ देखि ११ बजेसम्म राजधानीका प्रमुख चोकहरू-कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी क्षेत्रमा उल्लेख्य सवारी आवागमन देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार नै बढी भीडभाड देखिएको अवलोकन गरिएको छ।

सरकारी कार्यालय र विद्यालय बन्द रहे पनि निजी क्षेत्रका अधिकांश कार्यालय नियमित रूपमा सञ्चालन भइरहेका कारण सवारी चाप कायम रहेको देखिन्छ।

यद्यपि, ट्राफिक प्रहरीले समग्र सवारी संख्या भने घट्दो क्रममा रहेको जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्।

उनले भने, ‘शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन।’

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन र आवतजावत मिलाउने क्रममा हुने ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

आज २०८३ साल मङ्सिर ८ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन