आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू)  « Khabarhub

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

इन्धन बचत लक्ष्य पूर्ण रूपमा प्रभावकारी भएन


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा लागू गरेपछि अपेक्षा गरिएको सवारी चापको कमी पूर्ण रूपमा देखिएको छैन।

आइतबार बिहान ९ देखि ११ बजेसम्म राजधानीका प्रमुख चोकहरू-कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी क्षेत्रमा उल्लेख्य सवारी आवागमन देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार नै बढी भीडभाड देखिएको अवलोकन गरिएको छ।

सरकारी कार्यालय र विद्यालय बन्द रहे पनि निजी क्षेत्रका अधिकांश कार्यालय नियमित रूपमा सञ्चालन भइरहेका कारण सवारी चाप कायम रहेको देखिन्छ।

यद्यपि, ट्राफिक प्रहरीले समग्र सवारी संख्या भने घट्दो क्रममा रहेको जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्।

उनले भने, ‘शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन।’

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन र आवतजावत मिलाउने क्रममा हुने ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३१ बजे

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार