आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू)  « Khabarhub

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

इन्धन बचत लक्ष्य पूर्ण रूपमा प्रभावकारी भएन


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदा लागू गरेपछि अपेक्षा गरिएको सवारी चापको कमी पूर्ण रूपमा देखिएको छैन।

आइतबार बिहान ९ देखि ११ बजेसम्म राजधानीका प्रमुख चोकहरू-कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी क्षेत्रमा उल्लेख्य सवारी आवागमन देखिएको छ। केही स्थानमा त शनिबारभन्दा आइतबार नै बढी भीडभाड देखिएको अवलोकन गरिएको छ।

सरकारी कार्यालय र विद्यालय बन्द रहे पनि निजी क्षेत्रका अधिकांश कार्यालय नियमित रूपमा सञ्चालन भइरहेका कारण सवारी चाप कायम रहेको देखिन्छ।

यद्यपि, ट्राफिक प्रहरीले समग्र सवारी संख्या भने घट्दो क्रममा रहेको जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्।

उनले भने, ‘शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन।’

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन र आवतजावत मिलाउने क्रममा हुने ट्राफिक व्यवस्थापनका कारण भएको जनाइएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ३१ बजे

जलविद्युत् रोयल्टी बाँडफाँडका मुख्य सूचक तय, भौगोलिक अवस्थालाई ५० प्रतिशत भार

काठमाडौं– विद्युत् विकास विभागले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी बाँडफाँडको आधार र

पाकिस्तानमा भारी वर्षा, चार जनाको मृत्यु, १६ घाइते

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नू जिल्लामा भएको भारी

नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित

बेइजिङ– चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु

भारतीय वायु सेनाको विमान दुर्घटना 

एजेन्सी– भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार

निकासी आदेशपछि लेवनानमा इजरायली आक्रमण

एजेन्सी– निकासी चेतावनी जारी गरेको केही समयपछि इजरायली सेनाले छापा