देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन « Khabarhub

देउवा समूह छाडेका धनराज भन्छन् : कांग्रेसलाई एक बनाउन गगनलाई सभापति मान्नुको विकल्प छैन


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सर्वोच्च अदालतको अन्तिम निर्णयसँगै नयाँ मोडमा पुगेको छ। शुक्रबार आएको फैसलापछि निवर्तमान सभापति शेबरहादुर देउवा नेतृत्वको समूह संकटमा परेको छ।

देउवा समूहको नेतृत्व गरिरहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिले सबैभन्दा बढी दबाबमा परेका छन्। यही बीच उक्त समूहका प्रमुख नेताहरू डा. शेखर कोइराला , डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरुङ देउवा पक्षबाट अलग भएका छन्।

उनीहरूले गगन थापालाई सभापति मान्दै पार्टी एकताको पक्षमा उभिने निर्णय गरेका छन्। त्यही निर्णयअनुसार उनीहरू आइतबार काठमाडौंको धुम्बाराहीमा देउवा समूहले आयोजना गरेको भेलामा सहभागी भएनन्।

पूर्वउपसभापति धनराज गुरुङले पार्टीको वर्तमान अवस्थाबारे खबरहबलाई दुई बुँदे जवाफ दिएका छन् । सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्ने उनले बताएका छन्।

गुरुङले विशेष महाधिवेशनबारे विभिन्न मत भए पनि अब नयाँ परिस्थितिमा सबैले एकता र संगठन सुदृढीकरणतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

गुरुङले पार्टीको इतिहासमा स्वतन्त्र न्यायपालिकाप्रति विश्वास र सम्मान रहँदै आएको उल्लेख गर्दै वर्तमान चुनौती सामना गर्न सबै नेता तथा कार्यकर्ताले जिम्मेवार बन्नुपर्ने बताएका छन्।

तीन प्रभावशाली नेताको बहिर्गमनले देउवा समूहमा थप दबाब सिर्जना भएको छ । उनीहरूको निर्णयले कांग्रेसलाई फुट्नबाट जोगाउने प्रयासमा मद्दत मिलेको अनुमान गरिएको छ।

के भन्छन् धनराज गुरूङ ?

१. हामी सबैलाई विदितै छ-विशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएतापनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँ। अब विशेष महाधिवेशनबारे सम्मानित सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । यस परिस्थितिमा अदालतको फैसला स्वीकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको व्यहोरा जगजाहेर नै छ ।

२. वर्तमान अवस्थामा नेपाली कांग्रेसभित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापि, पार्टी केन्द्रीय कार्यसमिति एवम् सभापतिको अझ बढी नै जिम्मेवारी रहन्छ । यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहनसमेत पार्टीका सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ४७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि