धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू) « Khabarhub

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम निर्णय दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह बिलखबन्दमा परेको छ।

उक्त समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको थियो।

तर त्यसरी कांग्रेसका नाममा वक्तव्य निकाल्ने हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएको छ।

सबै राजनीतिक र कानुनी हैसियत गुमाएर एउटा समूहमा परिणत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको यो समूहको बैठक स्मार्ट प्यालेस धुम्बाराहीमा बसिरहेको छ।

सर्वोच्च अदालतले थापा पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएर छलफल गरिरहेका छन् । तर यो समूहबाट डा. शेखर कोइराला, शशांक कोइराला र धनराज गुरुङहरू बाहिरिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ५७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४