धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू) « Khabarhub

धुम्बाराहीमा जुट्यो बिलखबन्दमा परेको देउवा समूह (तस्बिरहरू)


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पक्षमा अन्तिम निर्णय दिएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह बिलखबन्दमा परेको छ।

उक्त समूहले यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा दुई पटक वक्तव्यसमेत निकालेको थियो।

तर त्यसरी कांग्रेसका नाममा वक्तव्य निकाल्ने हैसियत पनि यो समूहले शुक्रबारदेखि गुमाएको छ।

सबै राजनीतिक र कानुनी हैसियत गुमाएर एउटा समूहमा परिणत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको यो समूहको बैठक स्मार्ट प्यालेस धुम्बाराहीमा बसिरहेको छ।

सर्वोच्च अदालतले थापा पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएर छलफल गरिरहेका छन् । तर यो समूहबाट डा. शेखर कोइराला, शशांक कोइराला र धनराज गुरुङहरू बाहिरिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १ : ५७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति