रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् विभिन्न ९ एजेन्डा


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो बस्दैछ ।

सभापति रवि लामिछानेको निर्देशनमा केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ।

बैठकमा केन्द्रीय समिति सदस्यहरूको अनिवार्य उपस्थिति रहने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको भावी रणनीति तथा संगठन सुदृढीकरणका बारेमा गहन छलफल हुने रास्वपाले जनाएको छ।

बैठकका कार्यसूची

पार्टी गतिविधि ब्रिफिङ
केन्द्रीय सदस्यहरूको रिपोर्टिङ (२० जना, २ मिनेटका दरमा)
केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा
महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा
विधान संशोधन सम्बन्धमा
स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा
प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा
सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा

विविध

क. विभिन्न आयोग, निकाय र पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा

रास्वपा स्रोतका अनुसार, बैठकमा पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन प्रक्रियालगायत विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ३ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर