मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे « Khabarhub

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : महामन्त्री घिमिरे


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । 

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले आज आयोजना गरेको ‘नयाँवर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले व्यवसायीको त्यस्तो भूमिकालाई थप बढावा दिन सबैको सहयोग आवश्यक रहेको बताए । 

महामन्त्री शर्माले व्यवसायसँगै देशको राजनीतिलाई अगाडि बढाउन होटल व्यवसायी सङ्घले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले अब पार्टीका हरेक नेता कार्यकर्ताले आफ्नो र परिवारको जीविका चलाउन कुनै न कुनै व्यवसायमा जोडिनुपर्ने धारणा राखे । 

‘मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ । अब पार्टीभित्रका विभिन्न तह र तप्काका व्यक्तिलाई व्यवसायसँग जोड्न सङ्घले सहयोग गर्नुपर्छ’, उनले भने।

महामन्त्री घिमिरेले कांग्रेसको अबको लक्ष्य समयमै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी आगामी वर्ष हुने स्थानीय र प्रदेश तहको निर्वाचनमा कांग्रेसलाई सफल बनाउनु रहेको उल्लेख गरे। उनले शुभेच्छुक संस्थाका प्रतिनिधिलाई पार्टीको मूलधारको राजनीतिमा जान पाउनेगरी विधानमा ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गरिएको बताए। 

पार्टीका सहमहामन्त्री एवम् बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले व्यवसायसँगै राजनीतिलाई अगाडि बढाउन सङ्घले खेलेको भूमिका सराहनीय रहेको बताए। उनले व्यवसायबिना राजनीति र समाजसेवा हुन नसक्ने धारणा राखे । 

सहमहामन्त्री लामाले होटल क्षेत्रले मुलुकमा लाखौँ व्यक्तिलाई रोजगारी प्रदान गरेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्र विकासमा होटल क्षेत्रले खेलेको भूमिकालाई थप बढाउन राज्यले उचित नीति लिनुपर्ने बताए। होटललाई उद्योगको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले मध्यपूर्वको समस्याका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो समस्या उत्पन्न हुँदा यसको प्रभाव होटल क्षेत्रमा परेको बताए। उनले होटल व्यवसायीको समस्या समाधानमा कांग्रेसले काम गर्ने बताए।

प्रतिनिधिसभा सांसद सन्तोष सुब्बाले व्यवसायीको हितका लागि कांग्रेसले लामो समयदेखि कुरा उठाउँदै आएको र पार्टीका तर्फबाट आफूले यसबारे संसद्‍मा आवाज उठाउने प्रतिबद्धता जनाए। 

डेमोक्रेटिक लयर्स एसोसियशनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीले जेनजी आन्दोलनपछि कांग्रेसभित्र रूपान्तरण जरुरी रहेको र उक्त कार्य विशेष महाधिवेशनले पूरा गरेको बताए।

होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, उपाध्यक्ष शैलेश कार्की, जिल्ला होटल व्यवसायी सङ्घ काठमाडौँका अध्यक्ष सुरेश बराललगायतले मुलुकको अर्थतन्त्रको मुख्य खम्बा होटल व्यवसाय भएकाले यसलाई राज्यले विशेष संरक्षण गर्नुपर्नेमा जोड दिए । 

सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले पर्यटन र व्यवसाय क्षेत्रको संरक्षणमा कांग्रेसले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा यस क्षेत्रको सुदृढीकरणमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा स्थापना भएको सङ्घको हाल ४४ जिल्लामा शाखा स्थापना भइसकेको जानकारी दिँदै उनले आगामी मङ्सिरभित्र ७७ वटै जिल्लामा शाखा स्थापना गरिने बताए।
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ०३ बजे

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद बोहरा नियुक्त

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा

कर्णालीमा बेपत्ता बुबाछोराको शव भेटियो

अछाम– अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिक कर्णाली नदीमा बेपत्ता

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनुषा– धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको

सडक विस्तारले वीरगञ्जको विद्युत् अवरुद्ध

वीरगञ्ज– औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक