खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै « Khabarhub

खुकुरी टी-२० क्रिकेट : वैशाख ८ गतेदेखि भैरहवामा हुँदै


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

देवदह– रुपन्देहीको भैरहवामा वैशाख ८ गतेदेखि खुकुरी टी-२० कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी खुकुरी क्लब बेलहियाको आयोजनामा सिद्धार्थनगर नगरपालिका-३ स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज यहाँ पत्रकार सम्मेलन गरी आयोजकले वैशाख १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष महेश थापाले प्रतियोगितामा तीन भारतीयसहित १६ वटा समूहको सहभागिता रहने जानकारी दिए । 

क्लबका सहसचिव एवं प्रतियोगिताका संयोजक नन्दन श्रेष्ठले आगामी  दिनमा अझ सशक्त ढङ्गबाट क्रिकेटको विकासका लागि नयाँ आयाम प्रस्तुत गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए। 

“प्रतियोगिताबाट यस क्षेत्रमा मात्र नभई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादनमा टेवा पुर्‍याउने विश्वास छ’, उनले भने, ‘खुकुरी क्लबले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन छ ।’

प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११, उपविजेतालाई ५५ हजार ५५५, म्यान अफ दि सिरिजलाई १५ हजार, वेष्टबलर र वेष्ट ब्याटस्म्यानलाई पाँच हजार ५५५ र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई एक हजार ५०० प्रदान गरिने क्लबका सल्लाहकार धर्मराज गिरीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका-१ का वडाध्यक्ष उज्ज्वल पोखरेलले लुम्बिनी खुकुरी क्लबले क्रिकेटको विकासमा सहयोग गरिरहेको बताउँदै यसले स्थानीय खेलतडीलाई अवसर प्रदान गरिरहेको धारणा राखे। क्रिकेटसहित विभिन्न खेलकुदका गतिविधि सञ्चालन गर्न रकम आवश्यक भएको जानकारी पाएपछि क्लबले आयोजना गर्न लागेको क्रिकेटका लागि वडा कार्यालयबाट रु पाँच लाख सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।

लुम्बिनी प्रेस क्लब रूपन्देहीका अध्यक्ष कमल रायमाझीले लुम्बिनी खुकुरी क्लब खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्ने संस्थाका रूपमा रहेको बताए। उनले यो क्लबले धेरै खेलाडी उत्पादन गर्न सफल भएको उल्लेख गरे ।

पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख ५० हजार खर्च हुने बताए। सिद्धार्थनगर-१ वडा कार्यालयको सहयोग र रूपन्देही क्रिकेट सङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने लुम्बिनी खुकुरी क्लबका सचिव ओजश शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ०८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल