इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने « Khabarhub

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कामा काम हुन नसक्ने अवस्थामा पुगेको हो ।

कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका अनुसार यस कार्यालयमा २६७ वटा आयोजना रहेकामा अहिले ठेक्का सम्झौता भई २१७ वटा सञ्चालन भइरहेका छन् । तीमध्ये १२५ वटा आयोजनाको काम रोकिने अवस्थामा आएका उनले बताए। 

यसरी ठेक्का सम्झौता गर्ने समयमा भन्दा अहिले इन्धनको मूल्यमा भएको वृद्धि र अलकत्रा (विटुमिन) को समस्याका कारण पूर्वाधार विकासका  काम रोकिने अवस्थामा पुगेका उनको भनाइ छ ।

प्रमुख चौधरीले भने, ‘निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ (तत्कालका लागि रोक्न मिल्ने प्रकृतिका आयोजनालाई रोक्ने प्रक्रिया) को माग गर्दै कार्यालयमा पत्र बुझाएका छन् ।’

 इन्धनको मूल्य बढेपछि सबै क्षेत्रमा मूल्य वृद्धि हुँदा पूर्वाधार निर्माण प्रभावित बन्दै आएका उनको भनाइ छ ।
 
यस कार्यालयबाट ५० वटा आयोजना उपभोक्ता समितिबाट गर्नुपर्ने भए पनि ती आयोजनाको काम पनि हुन सकेको छैन । कार्यालयले अहिले १९ वटा पुल निर्माण गरिरहेको छ भने अन्य आयोजनाअन्तर्गत सडक निर्माण भइरहेका उनले बताए। 

कार्यालय प्रमुख चौधरीले भने, ‘यस्तै अवस्था रहे यस कार्यालयबाट सुरु गरिएका आयोजनामध्ये ५० देखि ६० प्रतिशत काम सम्पन्न हुने अवस्था छैन ।’  ६७ करोड बजेटबाट विकास निर्माण गर्दै आएको कार्यालयले सरकारको निर्णयअनुसार अघि बढ्ने निर्माण व्यावसायीलाई बताएको छ ।
 
निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीले अहिलेको अवस्थामा निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको बताए। उनले यही अवस्थामा महँगी बढ्दै जाँदा काम गर्न नसकिने भएकाले निर्माण होलिडेका रूपमा सरकारले अघि बढाउन आवश्यक रहेको धारणा राखे। 

महँगीमा भएको वृद्धिका कारण बजेटमा समायोजन वा होलिडेका रूपमा राज्यले निर्माण व्यवसायीलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ४ : ५२ बजे

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल