पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ « Khabarhub

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ।

सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ।

भेलामा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व रहेको थियो। बैठकपछि बोल्दै देउवा समूहका नेता मीन विश्वकर्माले भने, ‘अब पार्टी एकता बचाउने जिम्मेवारी सभापति गगन थापा र उहाँको कार्यसमितिकै काँधमा आएको छ।’

नेता विश्वकर्माले सर्वोच्च अदालतको फैसलामा उल्लिखित कयौँ तर्कमा आफूहरूको असहमति रहेको पनि बताए ।

‘सर्वोच्च अदालतले विरोधाभाषपूर्ण निर्णय गरे पनि हामीले फैसलालाई मानेर जाने निर्णय गरेका छौं। तर फैसलामा रहेका गम्भीर असहमतिहरूबारे हामीले स्पष्ट रूपमा आफ्नो मत प्रकट गर्नैपर्छ’, उनले भने, ‘फागुन २१ गतेको निर्वाचनपछि नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। अब यसलाई मजबुत बनाउने जिम्मेवारी सबैको हो।’

उनले एकताको पहल अब सभापति थापाले नै गर्नुपर्ने बताए । ‘एकताको पहल र संवादको पहल सभापति गगन थापा र उहाँको कार्यसमितिले गर्नुपर्छ। ढिलाइ गरे पार्टीमा गम्भीर असर पर्छ’, उनले भने, ‘हामीले सर्वोच्च अदालतको फैसलामा चित्त बुझाएका छैनौं। आवश्यक परे पुनरावलोकनमा पनि जान सक्छौं।’

उनले पन्ध्रौँ महाधिशेनका दुईवटा कार्यतालिका आएका बताउँदै यदि तिनलाई एकै ठाउँ नल्याए कांग्रेस फुट्ने बताए ।

‘पन्ध्रौं महाधिवेशनको कार्यतालिकाबारे दुई पक्षका फरक-फरक प्रस्ताव छन्’, उनले भने, ‘हामीले वैशाख अन्तिममा कार्यतालिका ल्याएका छौं भने गगन थापा पक्षले भदौमा ल्याएको छ। दुवैलाई समायोजन गरेर जानुपर्छ, नत्र पार्टी फुट्छ।’

उनले सभापति थापा र केन्द्रीय कार्यालयबाट पहल नभए कांग्रेसलाई फुट्नबाट रोक्ने अवस्था नहुने पनि बताएका छन् । ‘केन्द्रीय कार्यालय सानेपाले ठोस पहल नगरेमा दुईवटा पन्ध्रौं महाधिवेशन भएर कांग्रेस फुट्ने अवस्था आउन सक्छ’, उनले भने ।

भेलामा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, पदाधिकारी र प्रदेश सभापतिहरूको सहभागिता थियो। देउवा समूहले सानेपास्थित केन्द्रीय कार्यालयबाट नै पार्टी एकताका लागि पहलकदमी लिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ६ : १० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि