सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र « Khabarhub

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले सातामा आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू भएको छ । सुरुमा सरकारी अस्पतालमा यो व्यवस्था लागू नहुने बताइएपनि चिकित्सक र स्वास्थ्यकर्मीको दबाबका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्ततः आकस्मिक बाहेकका सेवा—ओपीडी तथा शल्यक्रिया—बन्द गर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को निर्णयपछि अब शनिबार र आइतबार सरकारी अस्पतालमा पनि ओपीडी तथा शल्यक्रिया सेवा बन्द गरिएको छ । मन्त्रालयले आकस्मिक तथा अत्यावश्यक सेवाहरू २४ सै घण्टा सुचारु रहने र पूर्वनिर्धारित शल्यक्रियाहरूलाई रिसेड्युल गर्न निर्देशन दिएको छ । साथै, संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेपछि सेवा थप सहज हुने दाबी गरिएको छ ।

मन्त्रालयको यस निर्णयसँगै आइतबार पूर्वनिर्धारित उपचार र शल्यक्रिया स्थगित भए । जसका कारण देशभरका बिरामीहरू मर्कामा परेका छन् । विशेषगरी टाढा–टाढाबाट उपचारका लागि राजधानी आएका बिरामीहरू अनिश्चित पर्खाइमा बस्न बाध्य भएका छन् । त्यसमाथि उनीहरुको आर्थिक र मानसिक भारसमेत बढेको छ ।

बिरामीको पीडा र होटलको बसाइई

बाराको सिमराबाट ७४ वर्षीय बुवाको हिप बोनको प्रत्यारोपणका लागि काठमाडौंको ट्रमा सेन्टर आएका शेखर भण्डारीलाई सकस परेको छ । उनी लामो समयदेखि महँगो भाडा तिरेर होटलमा बसिरहेका छन् । ट्रमामा उपचार गराइरहेका शेखरका बुवालाई शल्यक्रियाका लागि अस्पतालले आइतबारको समय दिएको थियो । अस्पतालको सल्लाह अनुसार आमासहित बुवालाई लिएर आएका भण्डारी अहिले समस्यामा परेका छन् ।

भण्डारीका अनुसार उनका बुवाको उमेरका कारण हड्डी खिइँदै गएपछि यस्तो शल्यक्रिया आवश्यक भएको चिकित्सकहरूले पहिले नै बताएका थिए । चिकित्सकहरू बिरामीको अवस्था देखेर शल्यक्रिया गर्न तयार त छन्, तर मन्त्रालयको कडिकडाउ परिपत्रका कारण उनीहरू डराइरहेको उनले बताए । शल्यक्रिया गर्दा विभागीय कारवाहीमा पर्नसक्ने भन्दै चिकित्सकहरु पन्छिरहेको उनको भनाइ छ ।

मन्त्रालयले आकस्मिक बाहेकका नियमित शल्यक्रिया स्थगन गर्न भनेपनि, कुन शल्यक्रिया कति संवेदनशील हो भन्ने कुरामा स्पष्ट मापदण्ड नहुँदा यस्तो समस्या देखिएको पिडितको बुझाइ छ ।

व्यवस्थापकीय कमजोरीको शिकार बिरामी

मन्त्रालयको तर्क एका तिर भए पनि अस्पतालको धरातलीय यथार्थ भने फरक छ । ट्रमा सेन्टरमा हाडजोर्नीको शल्यक्रिया हप्तामा दुई दिन आइतबार र बुधबार गर्ने व्यवस्था रहेको थियो । अब आइतबार घटाएपछि हप्तामा एक दिन बुधबार मात्रै हाडजोर्नीको शल्यक्रिया हुने भएको छ । जसले गर्दा बिरामीको चाप बढिरहेको छ ।

भण्डारीका अनुसार अस्पतालले शल्यक्रियाका लागि सोमबार पुनः बोलाइएको छ । तरपनि शल्यक्रिया कहिले हुन्छ भन्ने टुङ्गो नरहेको उनले जानकारी दिए । मन्त्रालयको अपरिपक्क निर्णयका कारण शल्यक्रिया रोकिएपछि उनि जस्तै धेरै बिरामीलाई शारीरिक कष्ट संगै काठमाडौँमा बस्दा लाग्ने महँगो होटल खर्च र लामो समयको मानसिक तनावले थप पीडा दिएको छ ।

पीडितको भनाइ जस्ताको त्यस्तै

म शेखर भण्डारी लामो समयदेखि ट्रमा सेन्टरमा बुवाको चेकजाँच गराउँदै आएको थिएँ । आइतबार बुवाको हिप बोनको प्रत्यारोपण गर्न सर्जरीका लागि समय पाएको थिएँ ।

त्यसको लागि चिकित्सकको सल्लाह अनुसार शनिबार बिहान ट्रमा सेन्टरमा भर्ना गर्न लागि बुवालाई लिएर आएँ । तर, परिपत्रका कारण आइतबार बिदा भएको कुरो थाहा पाएँ । डाक्टरले माफी माग्दै शुक्रबार मन्त्रालयले एउटा परिपत्र जारी गरेको रहेछ, जसमा अब आइतबार पनि सार्वजनिक बिदा हुने भएकाले अप्रेशन नगर्नुस भनिएको छ भन्ने जानकारी दिए ।

सरकारको यो निर्णयले आइतबार गर्ने भनिएको मेरो बुवाको अप्रेशन अन्यौलमा परेको छ । म बहिरबाट आएको मान्छे, अब अप्रेशन कहिले हुने केही टुङ्गो छैन ।

यसअघि यस सम्बन्धीको अप्रेशन हप्तामा दुई दिन आइतबार र बुधबार हुँदै आएको थियो । तैपनि भनेको समयमा पालो पाउन गाह्रो भएको थियो । अब त्यो अप्रेशन हप्तामा एक दिन मात्रै हुँदा बिरामीको अवस्था के होला ? सरकारले किन यसरी अपरिपक्क निर्णय गरिहरेको छ ।

म एकदमै पिडाका कारण यति भन्न बाध्य छु मेरो यो पीडा स्वास्थ्यमन्त्री कहाँ पनि पुगोस् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : २१ बजे

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय