इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा « Khabarhub

इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे । 

फिदिम स्पोर्टिङ पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ३–० गोलअन्तरले पराजित हुन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ रोलिङ क्लबका प्रतापसिंह राई घोषित भए । उनले आठ हजार पुरस्कार पाए । 

सोमबार एन पेनाङ मलेसिया र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको  विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ५४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले