इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा « Khabarhub

इलाम गोल्डकपः रोलिङ धुलाबारी सेमिफाइनलमा


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे । मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे । 

फिदिम स्पोर्टिङ पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ३–० गोलअन्तरले पराजित हुन पुग्यो । खेलको ‘म्यान अफ दी म्याच’ रोलिङ क्लबका प्रतापसिंह राई घोषित भए । उनले आठ हजार पुरस्कार पाए । 

सोमबार एन पेनाङ मलेसिया र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको  विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ५४ बजे

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान