रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने « Khabarhub

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले केन्द्रीय सङ्गठन विभागको विज्ञ समूह सदस्यमा तीनजना सदस्यहरू मननीत गर्ने निर्णय भएको गरेको छ । जसमा कमल खनाल रूपन्देहीबाट, तोरण बिक सुर्खेतबाट र उदय सापकोटा रौतहटबाट रहेको महामन्त्री बुर्लाकोटीले बताए ।

बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ भने पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको उनले जानकारी दिए ।

त्यस्ते बैठकले महाधिवेशनको लागि तयारी गर्न कार्यविधि बनाउन महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बुर्लाकोटीले बताए ।

सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : २२ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा