एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी « Khabarhub

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले गगन थापाको कार्यसमितिले एकताका लागि पहल गर्न ढिलाई गरे गम्भीर क्षति पुग्न सक्ने निष्कर्ष निकालिएको बताए। अदालतको आदेश आफैमा विरोधाभासपूर्ण र बिगतका नजीरको विरुद्धमा रहेपनि आफुहरुले त्यसलाई मान्ने उनको भनाइ छ ।

उनले इतिहासदेखि अहिलेसम्मको बलियो लोकतान्त्रिक पार्टी कमजोर बन्न पुगेकाले पार्टीमा बृहत् एकताको खाँचो रहेको उल्लेख गरे। विश्वकर्माले आगामी दिनमा चरणबद्ध रुपमा जिल्ला प्रदेश हुँदै बृहत् राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

तत्कालिन सभापति देउवा र वर्तमान सभापति गगन थापाको कार्यसमितिले महाधिवेशनको दुईवटा कार्यतालिका बनाएको अवस्थामा त्यसलाई समायोजन गरेर एउटै कार्यतालिका बनाउने स्थीति बने पार्टी एकता भएको मानिने उनले बताए । फरक–फरक रुपमा महाधिवेशन गर्ने अवस्था आए पार्टी बिभाजन हुने उनको भनाइ छ ।

विश्वकर्माले पार्टी एकताका लागि आफुहरु गम्भीर भएपनि त्यसको महशुस सानेपाले पनि गर्नुपर्नेमा जोड दिए । छिटै निर्वमान पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुको बृहत बैठक बसेर समिक्षामार्फत आगामी रणनीति तय गरिने समेत उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : ५३ बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित