निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा « Khabarhub

निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटार पुगेका छन् । महामन्त्री प्रदिप पौडेलका अनुसार सभापति थापा खड्का निवास गोल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका छन् ।

आइतबार दिउँसाे मात्कारै ठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापतिको रहेको निस्कर्ष निकालेको थियो ।

दिउँसो बसेको देउवा पक्षको उक्त बैठकले एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी समेत दिएको थियो । बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले गगन थापाको कार्यसमितिले एकताका लागि पहल गर्न ढिलाई गरे गम्भीर क्षति पुग्न सक्ने निष्कर्ष निकालिएको बताए। अदालतको आदेश आफैमा विरोधाभासपूर्ण र बिगतका नजीरको विरुद्धमा रहेपनि आफुहरुले त्यसलाई मान्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ०६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको