च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई सजिलै हरायो « Khabarhub

च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई सजिलै हरायो


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुवाण्डामा भइरहेको पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

रुवाण्डा क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीको पारी १८.४ ओभरमा सबै विकेट गुमाउँदै ६२ रनमा समेटियो ।

इटालीका लागि दुई ब्याटर बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । इटालीका चथुरिका महामालागेले २२ रन तथा पासिन्दी कनन्केगेले १२ रन जोडिन् ।

बलिङतर्फ नेपालका लागि रुबिना क्षेत्रीले चार, कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले एक÷एक विकेट लिइन् ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११२ रनको योगफल बनायो । नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् ।

उनले ४५ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

बलिङतर्फ इटालीकी एमिलिया बाट्र्रामले तीन विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । इटालीले भने पहिलो खेलमा घरेलु टोली रुवाण्डालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ९ : ३१ बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री