एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार « Khabarhub

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको हवाई उद्धार गरिएको छ । त्यसमध्ये एकजना सुत्केरी भइसकेपछि र एकजना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका–५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो ।

घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि शाहीलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो ।

त्यसैगरी पलाँता गाउँपालिका–९ कालीकोट थिर्पुकी सुत्केरी व्यथा लागेकी २२ वर्षीया अप्सरा शाहीलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती जिल्ला अस्पताल मान्म पु(याइएकी शाहीलाई थप उपचारका लागि आजै सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।

उनका अनुसार गर्भको शिशुको अवस्था जटिल देखिएको र अत्यधिक रक्तस्रावका कारण उहाँलाई सुर्खेत रेफर गरिएको हो । ती दुवै महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ३३ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर