चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा « Khabarhub

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

इशान किशनको उत्कृष्ट इनिङ


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । चेन्नाईको घरेलु मैदामा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।

चेन्नाईले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्‍यो । हैदरावादको जितमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४७ बलमा ७० रनको महत्त्वपूर्ण इनिङ खेल्दै टोलीको जितको आधार तय गरे । किशन खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईका ब्याटरलाई दबाबमा राखेका थिए ।

यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नाई सुपर किंग्स छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ६ : ०० बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक