चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा « Khabarhub

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

इशान किशनको उत्कृष्ट इनिङ


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले चेन्नाई सुपर किंग्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । चेन्नाईको घरेलु मैदामा भएको खेलमा हैदरावादले १ ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।

चेन्नाईले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदरावादले १९ ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएर पूरा गर्‍यो । हैदरावादको जितमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४७ बलमा ७० रनको महत्त्वपूर्ण इनिङ खेल्दै टोलीको जितको आधार तय गरे । किशन खेलको ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

हैदरावादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नाईका ब्याटरलाई दबाबमा राखेका थिए ।

यो जितसँगै सनराइजर्स हैदरावाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चेन्नाई सुपर किंग्स छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ६ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका