सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन « Khabarhub

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए ।

बाह्र वटा सवारीसाधन दुर्घटना तीव्र गतिका कारण भएको उनको भनाइ छ । चालकले सवारी चालक अनुमतिपत्र नलिइ चलाएका पाँच र मादक पदार्थ सेवन गरी चलाएका तीन सवारीसाधन दुर्घटना परेको कार्यालयले जनाएको छ ।।

‘मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसधान चलाउने, तीव्र गतिमा सवारीसाधन हाँक्ने चालकलाई लक्षित गरी ट्राफिक जाँच बढाइएको छ’, प्रहरी निरीक्षक देवकोटाले भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रुपमा सवारीसाधन जाँच गर्दै आएको छ ।’

सवारी दुर्घटना न्यूनीकरणसँगै सवारीसाधन जाँचका क्रममा प्रहरी कर्मचारीले नागरिकप्रति गर्नुपर्ने व्यवहार, प्रहरीले अपनाउनुपर्ने सुरक्षा सावधानीलगायत विषयमा नमुना जाँच कार्यक्रमसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ७ : ३६ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण