प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

उजुरी खोलेर आजै शर्मासँग संसदीय सुनुवाइ


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मामाथि मङ्गलबारबाट संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध संकलन भएका उजुरीहरू खोल्ने र सांसदलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजै उजुरी खोलेर सबै सांसदलाई वितरण गरिनेछ र त्यसको अध्ययन गरिनेछ ।

उजुरी वितरण गरिसकेपछि आजै १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गरिने कार्यतालिका छ । उजुरीकर्तासँगको छलफल सकिए लगत्तै प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मासँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीशमा सिफारिस डा. शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी दर्ता भएका छन् । यसअघि गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उजुरीको अध्ययन र सुनुवाइ प्रक्रिया सकिएपछि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ४३ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले