प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

उजुरी खोलेर आजै शर्मासँग संसदीय सुनुवाइ


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मामाथि मङ्गलबारबाट संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध संकलन भएका उजुरीहरू खोल्ने र सांसदलाई कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आजै उजुरी खोलेर सबै सांसदलाई वितरण गरिनेछ र त्यसको अध्ययन गरिनेछ ।

उजुरी वितरण गरिसकेपछि आजै १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल गरिने कार्यतालिका छ । उजुरीकर्तासँगको छलफल सकिए लगत्तै प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मासँग प्रत्यक्ष सुनुवाइ प्रक्रिया अघि बढ्ने सभापति श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीशमा सिफारिस डा. शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी दर्ता भएका छन् । यसअघि गत वैशाख २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । उजुरीको अध्ययन र सुनुवाइ प्रक्रिया सकिएपछि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिनेछ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ८ : ४३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का