बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता « Khabarhub

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा घटनामा ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, आर्थिक अपराधसम्बन्धी ३४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालु मुद्दाका प्रतिवादी पक्राउ अभियानअन्तर्गत वैशाख महिनामा १८७ जना पक्राउ परेका छन्  ।

सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियानअन्तर्गत वैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष दुई महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी छ । उनीहरूलाई अदालतबाट तोकिएको ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका लागि पक्राउ परेकालाई अदालत बुझाइएको छ ।

बीस सवारी दुर्घटनामा चार जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर २० सवारीसाधन दुर्घटना भएको जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सवारीसाधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको देखिएको छ । तथ्याङ्कअनुसार १९ दुर्घटना चालकको लापरबाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन (मापसे) का कारण भएको प्रहरीले जनाएको छ ।

यसैबीच, सवारी जाँच अभियानअन्तर्गत वैशाख महिनामा दुई हजार ७८ सवारीसाधनका चालकमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट १८ लाख ६२ हजार राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले गते वैशाख महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०४ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये ८३ वटा उजुरी फछ्र्योट गरिएको तथा २१ वटा उजुरी फछ्र्योट हुन बाँकी छ ।

त्यस्तै, घरेलु हिंसातर्फ वैशाख महिनामा झै–झगडासम्बन्धी ७४ उजुरी दर्ता भएका छन् । तीमध्ये ५४ घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : ०२ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण