विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल « Khabarhub

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदको तीव्र विरोध र समय मागका बाबजुद आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो ।

नयाँ कार्यतालिका अनुसार समितिले बिहान १०:१५ बजेदेखि उजुरीकर्तासँग प्रत्यक्ष छलफल सुरु गर्दै छ । डा. शर्माविरुद्ध संकलन भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताका गुनासा र उनीहरूका भनाइ सुन्नका लागि यो समय तोकिएको हो ।

त्यस्तै, उजुरीकर्तासँगको छलफल सकिएलगत्तै आजै दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सुनुवाइका लागि आमन्त्रण गरिएको छ । उक्त समयमा डा. शर्माले आफ्नो ६ वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गर्नेछन् भने सांसदले उनीमाथि प्रश्नोत्तर गर्नेछन् ।

यसअघि बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदले उजुरी र कार्ययोजना अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै आजको सुनुवाइ प्रक्रिया स्थगित गरेर भोलिका लागि सार्न माग गरेका थिए । तर, समितिले उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश दुवैको सुनुवाइ प्रक्रियालाई आजै निरन्तरता दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ९ : ५८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर