पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह « Khabarhub

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजना सरकारले छिटो अगाडि बढाउनुपर्नेमा जोड दिएकी छिन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवादमा उनले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन प्रभावित भएको बताइन् ।

देशकै आर्थिक अवस्था कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले तीव्रगतिमा अघि बढाउन उनले आग्रह गरिन् ।

उनले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई कांग्रेसले समर्थन गर्ने बताइन् । कांग्रेस विभाजनको सङ्घारमा पुगेको भन्ने चर्चा असत्य रहेको उल्लेख गर्दै सचेतक थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुटउपगुट तथा आन्तरिक मन्थन भएको बताइन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : २२ बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद