एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने « Khabarhub

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका देशैभरका १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धता अनुसार फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’ सँगको सहकार्यमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको हो ।

यस वर्ष सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिने फाउन्डेसनले जनाएको छ । छनोट भएका १०० विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि आर्थिक सहयोग प्राप्त गर्ने छन् । यो पहलले भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भए पनि प्रतिभाशाली रहेका विद्यार्थीलाई उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

छात्रवृत्ति पाउने विद्यार्थीले आर्थिक सहयोगका अतिरिक्त एनसेलबाट १२ महिनासम्म निश्चित डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्ने छन् । यसले उनीहरूलाई डिजिटल माध्यमबाट अध्ययन गर्न र नयाँ अवसरहरूसँग जोडिन थप सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले शिक्षा देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको बताइन् । “भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो,” उनले भनिन्, “पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ ।”

यसै गरी हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ ले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ । गत वर्ष एनसेल फाउन्डेसनले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिएको थियो, जो अहिले विभिन्न शिक्षण संस्थामा कक्षा १२ मा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ११ : ५८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि