खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प « Khabarhub

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को अपिलपछि अमेरिकाले इरानमाथि नियोजित आक्रमण स्थगित गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत ट्रम्पले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान तथा यूएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले वार्ता जारी रहेका बेला इरानमाथि सैन्य कारबाही नगर्न आग्रह गरेको उल्लेख गरेका छन् ।

ट्रम्पले अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाहीको योजना बनाइरहेको भए पनि शान्ति सम्झौताको सम्भावनालाई ध्यानमा राख्दै खाडी मुलुकका नेताहरूको आग्रहपछि आक्रमण स्थगित गरिएको बताएका छन् ।

हाल गम्भीर स्तरमा वार्ता भइरहेको उल्लेख गर्दै उनले अमेरिका, मध्यपूर्वका देशहरू र अन्तर्राष्ट्रिय समुदायका लागि स्वीकार्य हुने गरी सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

उनले सम्भावित सम्झौतामा इरानलाई आणविक हतियार विकास गर्न नदिने विषय स्पष्ट रूपमा समावेश हुने बताएका छन् । साथै खाडी मुलुकका नेताहरूप्रतिको सम्मानस्वरूप अमेरिकी रक्षा सचिव पीट हेग्सेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल डेनियल केन तथा अमेरिकी सेनालाई आक्रमण स्थगित गर्न निर्देशन दिएको जनाएका छन् ।

तर, स्वीकार्य सम्झौता नभए इरानमाथि तत्काल सैन्य कारबाही अघि बढाउन पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको ट्रम्पको भनाइ छ ।

ट्रम्पले इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गरेपछि तनाव थप बढेको बताएका छन् । इरानको आणविक कार्यक्रमलाई लिएर तनाव चुलिँदै जाँदा वासिङ्टनले कूटनीतिक र सैन्य दुवै विकल्पमाथि विचार गरिरहेको छ । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासन वार्तामार्फत समाधान खोज्न इच्छुक भए पनि तेहरानले अमेरिकाले प्रस्ताव गरेका केही छुटहरू अस्वीकार गरेपछि वासिङ्टन निराश बनेको छ ।

इरानको पछिल्लो प्रति–प्रस्ताव आइतबार राति पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाइएको बताइएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार उक्त संशोधित प्रस्तावमा अघिल्ला प्रस्तावहरूको तुलनामा सीमित परिवर्तन मात्रै समावेश छन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १२ : २७ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको