राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो « Khabarhub

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वाभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्ठकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाई सुझाव दिएकी हुन् ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको करमा पुनरावलोकन गर्दै जनतालाई प्रत्यक्ष राहतका लागि संरचनामा सुधार गर्न उनले माग गरिन्  । 

मूल्य नियन्त्रण जनताको क्रय शक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको परीक्षण समेत भएको धारणा राखिन् । यस परीक्षणमा सरकार पास हुने हो वा फेल हुने हो भन्ने सरकारकै हातमा रहेको उनले बताइन् । 

दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा सम्बोधन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १ : ०८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स