राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो « Khabarhub

राप्रपा सांसद्ले भनिन्- मूल्यवृद्धिले जनतालाई दुख दियो, नियन्त्रणमा लिन पर्‍यो


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वाभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्ठकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाई सुझाव दिएकी हुन् ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको करमा पुनरावलोकन गर्दै जनतालाई प्रत्यक्ष राहतका लागि संरचनामा सुधार गर्न उनले माग गरिन्  । 

मूल्य नियन्त्रण जनताको क्रय शक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको परीक्षण समेत भएको धारणा राखिन् । यस परीक्षणमा सरकार पास हुने हो वा फेल हुने हो भन्ने सरकारकै हातमा रहेको उनले बताइन् । 

दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा सम्बोधन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ०८ बजे

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशुली ए बाट जीवित उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा