फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा « Khabarhub

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दश देशका विदेश मन्त्रीहरूले  निन्दा गरेका छन् ।

इन्डोनेसियाको विदेश मन्त्रालयको समाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गरि निन्दा गरेको बताएको हो ।  

टर्की, बङ्गलादेश, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, जोर्डन, लिबिया, माल्दिभ्स, पाकिस्तान र स्पेनका मन्त्रीहरूले अन्तर्राष्ट्रिय समुद्री मार्ग फ्लोटिला विरुद्ध इजरायली आक्रमण बारे  गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ । उनीहरूले  फ्लोटिलामा  नागरिक जहाजहरू र मानवीय कार्यकर्ताहरूलाई लक्षित गरी गरेको शत्रुतापूर्ण कार्यहरूको निरन्तरताको निन्दा गरेका छन् । 

उनीहरूले जहाजहरूमा आक्रमण र कार्यकर्ताहरूलाई मनमानी हिरासतमा राख्नु अन्तर्राष्ट्रिय कानून र मानवीयता स्पष्ट उल्लङ्घन भएको बताएका छन् । 

मन्त्रीहरूले फ्लोटिलामा नागरिकहरूको सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै सबै हिरासतमा रहेका कर्मचारीहरूको तत्काल रिहाइ र उनीहरूको अधिकार र मर्यादाको पूर्ण सम्मान गर्न आह्वान गरेका छन् । 

अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कानुनी र नैतिक जिम्मेवारी कार्यन्वयन गर्न आह्वान गर्दै मन्त्रीहरूले नागरिक र मानवीय मिसनहरूको रक्षा गर्न र उल्लङ्घन गर्नेहरूका लागि जवाफदेहिता सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरेका छन् । 

सोमबार, इजरायली नौसेना बलले ग्लोबल सुमुद्री क्षेत्र फ्लोटिलाका जहाजहरूलाई गाजा पुग्नबाट रोकेको इजरायली मिडियाले रिपोर्ट गरेका छन् । 

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १ : २८ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली