‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण « Khabarhub

‘म एक्लो छैन यार!’- भाइरल पोस्टपछि सलमान खानको स्पष्टिकरण


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि एक पटक सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन्। मे १७ मा उनले सेयर गरेको एक शर्टलेस फोटो र त्यससँग लेखिएको ‘अकेला र तन्हा’ क्याप्सनले फ्यानहरूबीच चिन्ता र विभिन्न अड्कलबाजी सिर्जना गरेको थियो।

६० वर्षको उमेरमा पनि फिटनेसका कारण चर्चित सलमानको उक्त पोस्ट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको व्यक्तिगत जीवन, सम्बन्ध र मानसिक अवस्थाबारे चर्चा चुलिएको थियो। केही प्रयोगकर्ताले उनलाई एक्लोपनको अवस्थाबारे अनुमान समेत लगाएका थिए।

तर बढ्दो हल्लापछि सलमान आफैंले नयाँ पोस्टमार्फत स्पष्टिकरण दिएका छन्। उनले आफू आफ्नो अवस्थाबारे नभई सामान्य भावनात्मक अभिव्यक्ति मात्र गरेको बताएका छन्। सलमानले लेखेका छन्, ‘म आफ्नो बारेमा कुरा गरिरहेको थिइनँ। यति ठूलो परिवार, साथीहरू र शुभेच्छुकहरू हुँदा म कसरी एक्लो हुन सक्छु?’

उनले कहिलेकाहीँ व्यस्त जीवनबाट केही समय अलग भएर आफ्नै लागि समय निकाल्ने चाहना मात्र व्यक्त गरेको पनि स्पष्ट पारेका छन्।

सलमानले मजाक गर्दै एउटा फोटोले नै ठूलो चर्चा सिर्जना गरेको भन्दै आफ्नी आमाले समेत ‘के भयो बेटा?’ भनेर सोधेको अनुभव सुनाएका छन्। उनको यो स्पष्ट र सहज प्रतिक्रियापछि सामाजिक सञ्जालमा फेरि सकारात्मक चर्चा सुरु भएको छ।

सलमान खानको व्यक्तिगत जीवन लामो समयदेखि चर्चामा रहँदै आएको छ। विगतमा उनको नाम संगीता बिजलानी, कट्रिना कैफ र ऐश्वर्या रायसँग जोडिएको थियो। ऐश्वर्यासँगको सम्बन्ध र त्यसपछिको ब्रेकअप बलिउडका चर्चित विषयमध्ये एक मानिन्छ। हाल उनको नाम युलिया भन्तुरसँग जोडेर हेरिँदै आएको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  २ : ०२ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा