प्रतिनिधिसभा बैठक : कसले के-के भने ? « Khabarhub

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले ऊर्जा विकासदेखि महिला उत्थान, डिजिटल पूर्वाधार र सामाजिक न्यायसम्बन्धी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जा बिना कुनै पनि विकास निर्माण सम्भव नहुने उल्लेख गर्दै तत्काल ‘सनसेट ऐन’ ल्याएर कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। उनले ऊर्जा क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन कानुनी सुधार आवश्यक रहेको धारणा राखे।

त्यस्तै सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई नीति तथा कार्यक्रममा अनिवार्य रूपमा समेटिनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

सांसद धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट पहुँचयुक्त डोल्पा निर्माण गर्न सरकारसँग माग गर्नुभयो। उहाँले दुर्गम क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

सांसद सरस्वती लामाले महँगीका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्दै नागरिकको जीवन सहज बनाउन सरकारले थप सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताइन्।

सांसद केपी खनालले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट स्थानान्तरण गरी सम्मानजनक र व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकार सक्रिय भएको उल्लेख गरे ।

सांसद प्रकाशचन्द्र परियारले समृद्धि मात्र नभई समतामूलक समृद्धि आवश्यक रहेको धारणा राखे।

यसैगरी दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्बिकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का र सुलभ खरेलले पनि विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेकी थिइन् ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  २ : ०५ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब