कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो « Khabarhub

कङ्गोमा इबोलाका कारण मृतकको सङ्ख्या १३१ पुग्यो


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपका कारण कम्तीमा १३१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार हालसम्म ५१३ भन्दा बढी व्यक्तिमा संक्रमणको आशंका गरिएको छ । कङ्गो सरकारका प्रवक्ताले इबोलाको संक्रमण अहिले तीव्र गतिमा नयाँ र फराकिलो क्षेत्रहरूमा फैलिरहेको पुष्टि गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको इबोलाको यो प्रजातिलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। यो प्रकोप कङ्गोको छिमेकी युगान्डातर्फ पनि सरेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार युगान्डामा दुई जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ ।

कङ्गोकै इतुरी प्रान्तको न्याकुन्डे, उत्तर किभुको बुटेम्बो र गोमा जस्ता नयाँ सहरहरूमा संक्रमण देखिएपछि सर्वसाधारणमा चिन्ता र त्रास बढेको छ । यद्यपि, कङ्गो सरकारले आफ्ना विशेष टोलीहरू संक्रमितहरूको पहिचान र खोजी गर्न दिनरात खटिएकाले आतङ्कित नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यसैबीच, कङ्गोमा स्वास्थ्य सेवामा खटिएका एक अमेरिकी चिकित्सक पनि इबोलाबाट संक्रमित भएका छन्। ‘सर्ज’ नामक मेडिकल मिसनरी समूहका अनुसार कङ्गोमा कार्यरत अमेरिकी डाक्टर पिटर स्टाफर्डमा संक्रमण पुष्टि भएको हो । उनलाई थप उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको छ ।

डा. स्टाफर्डकी श्रीमती डा. रिबेका स्टाफर्डसहित बिरामीको उपचारमा संलग्न अन्य दुई चिकित्सकहरूलाई पनि उच्च निगरानीमा क्वारेन्टाइनमा राखिएको छ, तर उनीहरूमा हालसम्म संक्रमणको कुनै लक्षण देखिएको छैन ।

विभिन्न सञ्चारमाध्यमहरूका अनुसार यस प्रकोपका क्रममा कम्तीमा ६ जना अमेरिकी नागरिकहरू इबोला भाइरसको प्रत्यक्ष जोखिममा परेका छन् । अमेरिकी सरकारले आफ्ना ती नागरिकहरूलाई सुरक्षित रूपमा त्यहाँबाट निकालेर जर्मनीमा रहेको अमेरिकी सैन्य शिविरको क्वारेन्टाइनमा राख्ने योजना बनाएको समाचार बाहिरिएका छन् ।

तथापि, आइतबार आयोजित पत्रकार सम्मेलनमा सीडीसीले यसबारे औपचारिक रूपमा थप विवरण खोल्न अस्वीकार गरेको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  २ : ३९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित