फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली « Khabarhub

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष गरिरहेका नेयमार सोमबार ब्राजिलको विश्वकप टोलीमा परेका छन्। केही दिनअघि मात्रै स्थानीय विश्लेषक र पूर्व खेलाडीहरूले उनी टोलीमा नपर्ने अनुमान गरेका थिए।

३४ वर्षीय नेयमार ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्, जसले ७९ गोल गरेका छन्। उनी आफ्नो चौथो विश्वकप खेल्न जाँदैछन्। सन् २०२३ अक्टोबरमा बायाँ घुँडाको एसीएल च्यातिएपछि उनले उच्चस्तरको फिटनेसमा फर्किन संघर्ष गरिरहेका छन्।

ब्राजिलका प्रशिक्षक कार्लो एन्चेलोटीले पत्रकार सम्मेलनमा भने, ‘उनको फिटनेस सुधार भएको छ। उनी यस विश्वकपमा महत्वपूर्ण खेलाडी हुनेछन्।’

उनले अनुभवी खेलाडीलाई प्राथमिकता दिएको पनि बताए, जसमा नेयमार पनि समावेश छन्।

‘उनीसँग यस्तो प्रतियोगिताको अनुभव छ। उनी समूहका लागि राम्रो वातावरण बनाउन सक्छन्। हामीले नेयमारलाई केवल वैकल्पिक खेलाडीका रूपमा होइन, आवश्यकता अनुसार १ मिनेट, ५ मिनेट, ९० मिनेट वा पेनाल्टीका लागि पनि उपयोगी हुन्छन् भन्ने विश्वासले चयन गरेका हौं,’ एन्चेलोटीले थपे।

नेयमार समावेश भएपछि रियो दि जेनेरियोस्थित म्युजु दो अमान्होमा उपस्थित ब्राजिल समर्थकहरूले उत्सव मनाएका थिए।

टोली घोषणा हुनुभन्दा केही समयअघि नेयमारले आफ्नो इन्स्टाग्राम बायो परिवर्तन गरेका थिए। पहिले उनले हालको क्लब सान्तोस मात्र उल्लेख गरेका थिए, तर पछि उनले ब्राजिल पनि थपे। मे २०२५ मा जिम्मा सम्हालेका एन्चेलोटीले सोमबारसम्म उनलाई बोलाएका थिएनन्।

ब्राजिलको २६ सदस्यीय टोलीमा भिनिसियस जुनियर र राफिन्हा जस्ता प्रमुख खेलाडीहरू पनि छन्।

लियोनका एन्ड्रिक र बोर्नमाउथका रयान पहिलो पटक विश्वकप टोलीमा परेका छन्। उनीहरूले चेल्सीका जोआओ पेड्रो र रियल बेटिसका एन्थोनीलाई पछि पार्दै अन्तिम फर्वार्ड स्थान पाएका हुन्।

एन्चेलोटीले धेरै खेलाडी घाइते भएकाले टोली छनोट कठिन भएको बताए। रोड्रिगो र एस्टेभाओको अनुपस्थिति टोलीका लागि ठूलो क्षति भएको उनले उल्लेख गरे।

‘प्रतिस्पर्धा धेरै भएकाले २६ खेलाडी छनोट गर्न निकै गाह्रो भयो। केही खेलाडीहरू बाहिरिनु परेकोमा म दुःखी छु,’ एन्चेलोटीले भने।

ब्राजिलको पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुनेछ, त्यसपछि हाइटी र स्कटल्याण्डसँग समूह चरणका खेल हुनेछन्।

ब्राजिलको विश्वकप टोली

गोलकिपरहरू : अलिसन, एडरसन, वेभर्टन

डिफेन्डरहरू : एलेक्स सान्द्रो, डानिलो, लियो पेरेरा, ब्रेमर, इबान्येज, वेस्ली, मार्किन्होस, गाब्रियल म्यागाल्हाएस, डग्लस सान्तोस

मिडफिल्डरहरू: ब्रुनो गुइमाराएस, कासेमिरो, डानिलो, फाबिन्हो, लुकास पाकेटा

फर्वार्डहरू: एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, मातेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेयमार, रयान

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : ०७ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन