म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै « Khabarhub

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ । अब एनजो मारेस्का क्लबको नयाँ मुख्य प्रशिक्षक बन्ने लगभग पक्का भएको छ ।

पूर्व चेल्सी प्रशिक्षक मारेस्कालाई सिटीले लामो समयदेखि उपयुक्त विकल्पका रूपमा हेर्दै आएको छ।

उनी र क्लबबीच सम्झौता पनि अन्तिम चरणमा पुगेको छ। अब औपचारिक घोषणा मात्र बाँकी रहेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

मारेस्काले पहिले म्यानचेस्टर सिटीमै पेप ग्वार्डिओलाका सहायकका रूपमा काम गरेका थिए । उनले त्यहाँ क्लबको एकेडेमीमा पनि अनुभव लिएका छन्।

यता, पेप ग्वार्डिओला यस सिजनको प्रिमियर लिगपछि म्यानचेस्टर सिटी छोड्ने तयारीमा रहेको चर्चा तीव्र बनेको छ। उनको बिदाइको आधिकारिक घोषणा यसै साता आउन सक्ने अनुमान गरिएको छ।

ग्वार्डिओला सन् २०१६ मा सिटीमा आएका थिए । त्यसयता उनले क्लबलाई १९ वटा उपाधि दिलाइसकेका छन्।

२०२२/२३ सिजनमा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप जित्दै ऐतिहासिक ट्रेबल पनि पूरा गरेका थिए, जुन सन् १९९८/९९ को म्यानचेस्टर युनाइटेडको सफलतासँग तुलना गरिएको थियो।

सिटीले पछिल्लो समय २०२५/२६ सिजनमा काराबाओ कप र एफए कप जित्दै घरेलु डबल पनि पूरा गरेको छ।

ग्वार्डिओलाले अझै आफ्नो सम्झौतामा एक वर्ष बाँकी रहेको बताएका थिए, तर पछिल्ला दिनहरूमा उनले क्लब छोड्ने सम्भावना बढ्दै गएको चर्चा भइरहेको छ।

यदि ग्वार्डिओला बाहिरिएमा एनजो मारेस्कालाई क्लबको नेतृत्व सम्हाल्ने प्रमुख दाबेदारका रूपमा हेरिएको छ, यद्यपि आधिकारिक पुष्टि अझै भएको छैन।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : १४ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन