क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का « Khabarhub

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका छन् ।

आगामी अप्रिल २६ मा क्लब सिजन टुंगिने समयसम्म चोटबाट पूर्ण रूपमा मुक्त हुन सकेमा उनले आफ्नो पाँचौं विश्वकप खेल्ने भएका छन्।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले मोड्रिचसहितकव २६ सदस्यीय टोली घोषणा गरेका छन् । उक्त टोलीमा विगतका तीन विश्वकपमा गोल गरेका इभान पेरिसिच पनि अटाएका छन् ।

मोड्रिचले गत महिना आफ्नो खुट्टाको हड्डी भाँचिए पनि क्रोएसियाको कप्तानका रुपमा विश्वकपका लागि फिट हुने अपेक्षा गरिएको छ। क्रोएसियाले जुन १७ मा इङ्ल्यान्डसँग आफ्नो अभियान सुरू गर्नेछ। उनीहरूले समूह ‘एल’ मा पानामा र घानासँग पनि खेल्नेछन्।

४० वर्षीय मोड्रिचले सन् २०१८ मा बालोन डी’ओर जितेका थिए । उनको यो जितले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको लामो समयको वर्चस्व तोडेको थियो।

उनले सन् २००६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । अहिलेसम्म उनले १९६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यो रेकर्ड क्रोएसियाली खेलाडीमध्ये सबैभन्दा बढी हो।

यदि क्रोएसिया समूह चरणबाट नबाहिरिएमा उनले विश्वकपमा २०० क्यापको माइलस्टोन पूरा गर्न सक्नेछन्।

डालिचको टोलीमा अनुभवको कमी छैन। उनले गोलकिपर डोमिनिक लिभाकोभिच, डिफेन्डर जोस्को गभर्डियोल, मिडफिल्डर माटेओ कोभासिच, मारियो पासालिच र आन्द्रेज क्रामारिचलाई पनि समावेश गरेका छन्।

क्रोएसियाले सन् २०१८ को विश्वकप फाइनल खेलेको थियो । तर ऊ फ्रान्ससँग हार्न पुग्यो । सन् २०२२ मा तेस्रो स्थान हासिल गरेको थियो । उसलाई सेमिफाइनलमा अर्जेन्टिनाले हराएको थियो ।

क्रोएसियाको २६ खेलाडीको टोलीका अलावा डालिचले सात स्ट्यान्डबाई खेलाडी पनि घोषणा गरेका छन्।

क्रोएसियाको टोली:

गोलकिपरहरू:

डोमिनिक लिभाकोभिच, डोमिनिक कोटार्स्की, इभोर पान्डुर।

डिफेन्डरहरू:

जोस्को गभर्डियोल, दुजे कालेटा-कार, जोसिप सुतालो, जोसिप स्टानिसिच, मारिन पोंग्रासिच, मार्टिन एर्लिच, लुका भुस्कोभिच।

मिडफिल्डरहरू:

लुका मोड्रिच, माटेओ कोभासिच, मारियो पासालिच, निकोला भ्लासिच, लुका सुसिच, मार्टिन बाटुरिना, क्रिस्टिजन जाकिच, पेटार सुसिच, निकोला मोरो, टोनी फ्रुक।

फरवार्डहरू:

इभान पेरिसिच, आन्द्रेज क्रामारिच, आन्ते बुडिमिर, मार्को पासालिच, पेटार मुसा, इगोर माटानोभिच।

स्ट्यान्डबाई खेलाडीहरू:

लोभ्रो माजेर, फ्रान्जो इभानोभिच, डियन ड्रेना बेल्जो, इभान स्मोल्सिच, कार्लो लेटिका, एड्रियन सेगेचिच, लुका स्टोज्कोभिच।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका