नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा « Khabarhub

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको र सयौँ रोपनी जग्गा व्यक्तिले उपभोग गरेको विषयमा महालेखापरीक्षकको कार्यालयले उठाएको छ । 

कार्यालयको ६३औँ प्रतिवेदनमा नेपाल ट्रस्टको सम्पत्ति कुनै व्यक्तिको नाममा दर्ता हुन नसक्नेमा ०६४ भदौ २६ गतेको मन्त्रिपरिषद्बाट निर्णय गराई काठमाडौंका विभिन्न ठाउँमा रहेको ट्रस्टको नामको जग्गा मोहीका नाममा नामसारी गरिएको औँल्याइएको हो ।

‘मालपोत कार्यालय, कलंकीबाट विगतमा नेपाल ट्रष्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएको काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल तथा इचंगुमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले ऐनको व्यवस्था विपरित ट्रष्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त छानबिन गरी ट्रष्टले आफ्नो स्वामित्वमा हस्तान्तरण नगराएको प्रतिवेदनमा औँल्याएको छ ।

साथै, बालाजु, स्वयम्भू, शेष नारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गामा हालसम्म पनि मोहीहरूले खेती गरिरहेको र एउटा निजी विद्यालयमा पनि ट्रष्टको जग्गामा सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, महालेखाको प्रतिवेदनअनुसार ट्रष्टको नाममा रहेको काठमाडौं बाइपासको १२२ रोपनी १० आना १ पैसा ३ दाम, धादिङको धुनीवेसीमा रहेको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम, ललितपुर गोदावरीमा रहेको ८ रोपनी १० आना ३ पैसा, सिन्धुपाल्चोकको पाँचपोखरीमा रहेको २७ रोपनी १३ आना १ पैसा १ दाम लगायत विभिन्न ८ स्थानमा रहेको १५ हजार ५०२ रोपनी २ आना ३.८४ दाम जग्गाको ट्रष्टले सिमांकन र संरक्षणको पहल पनि गरेको छैन ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : २८ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन