उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय « Khabarhub

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई स्वीकार्न तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई गाह्रो परेको हो ।

थापाले मिल्नका लागि संवाद नगरेको भन्दै रिसाएको खड्का समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय नै खोलेको छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उक्त सम्पर्क कार्यालय खोलेको हो । देउवा अहिले पनि हङकङमा भूमिगतजस्तै छन् । यता खड्काको नेतृत्वमा कार्यालय खुलेको हो ।

सभापति थापाले देउवा र डा. शेखर कोइराला पक्षका १९ जना नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा पनि विवाद मिल्ने छाँट नदेखिएको हो । थापाले कोषाध्यक्षमा पनि देउवा समूहकै उमेश श्रेष्ठलाई दोहोर्‍याएका थिए । यति गर्दा पनि देउवा समूह अलग गतिविधिसहित सम्पर्क कार्यालय खोलेर नयाँ राजनीतिक अभ्यासतिर लागेको हो ।

अनामनगरमा नेताहरू गुरु बराल, जीतजङ्ग बस्नेत, जीत शेरचन, कुन्दन काफ्ले र कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतको पहलमा सम्पर्क कार्यालय खोलिएको हो ।

बराल, बस्नेत र काफ्ले कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङ जिल्ला कार्यसमिति सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री पनि हुन् । कार्की कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हुन् । उनी एमालेको सहयोग लिएर मुख्यमन्त्री हुन सफल भएका थिए।

यस समूहले पार्टीको १५औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय खोलेको जनाएको छ ।

उता सभापति थापाले कांग्रेसका निर्वातमान उपसभापति खड्कासँग कम्तीमा तीन चरण वार्ता गरे पनि दुई समूहबीच कुरा मिल्न सकेको छैन । देउवा-शेखर पक्षले ६०/४० को हिसाबमा मिलेर जानुपर्ने अडान राखिरहेको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह