उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय « Khabarhub

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ। विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापालाई स्वीकार्न तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई गाह्रो परेको हो ।

थापाले मिल्नका लागि संवाद नगरेको भन्दै रिसाएको खड्का समूहले काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय नै खोलेको छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उक्त सम्पर्क कार्यालय खोलेको हो । देउवा अहिले पनि हङकङमा भूमिगतजस्तै छन् । यता खड्काको नेतृत्वमा कार्यालय खुलेको हो ।

सभापति थापाले देउवा र डा. शेखर कोइराला पक्षका १९ जना नेतालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा पनि विवाद मिल्ने छाँट नदेखिएको हो । थापाले कोषाध्यक्षमा पनि देउवा समूहकै उमेश श्रेष्ठलाई दोहोर्‍याएका थिए । यति गर्दा पनि देउवा समूह अलग गतिविधिसहित सम्पर्क कार्यालय खोलेर नयाँ राजनीतिक अभ्यासतिर लागेको हो ।

अनामनगरमा नेताहरू गुरु बराल, जीतजङ्ग बस्नेत, जीत शेरचन, कुन्दन काफ्ले र कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीलगायतको पहलमा सम्पर्क कार्यालय खोलिएको हो ।

बराल, बस्नेत र काफ्ले कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् । त्यस्तै शेरचन बागलुङ जिल्ला कार्यसमिति सभापति तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री पनि हुन् । कार्की कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री हुन् । उनी एमालेको सहयोग लिएर मुख्यमन्त्री हुन सफल भएका थिए।

यस समूहले पार्टीको १५औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय खोलेको जनाएको छ ।

उता सभापति थापाले कांग्रेसका निर्वातमान उपसभापति खड्कासँग कम्तीमा तीन चरण वार्ता गरे पनि दुई समूहबीच कुरा मिल्न सकेको छैन । देउवा-शेखर पक्षले ६०/४० को हिसाबमा मिलेर जानुपर्ने अडान राखिरहेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ३ : ३६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा