साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता « Khabarhub

साढे २ खर्ब नाघ्यो सरकारको राजस्व बक्यौता


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको राजस्व बक्यौता साढे २ खर्ब नाघेको छ । आर्थिक वर्ष ०८१/८२ सम्म सरकारको राजस्व बक्यौता ब्याजसमेत २ खर्ब ७५ अर्ब ५ करोड पुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको हो ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनअनुसार उठ्न बाँकी बक्यौता मध्ये आयकर २ खर्ब १९ अर्ब ११ करोड, मूल्य अभिवृद्धि कर ४८ अर्ब ७० करोड, अन्तःशुल्क ४ अर्ब ९ करोड र अन्य ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

कार्यालयका अनुसार बक्यौतामध्ये १ खर्ब ८० अर्ब १० करोड बक्यौताको विषयलाई लिएर करदाता पुनरावेदनमा गएका छन् ।

कार्यालयले अर्थ मन्त्रालयले मातहतका निकायलाई विवादरहीत बक्यौता असुलीमा प्रभावकारी ढंगले परिचालन गर्न नसकेको औँल्याएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ३ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको