राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा « Khabarhub

राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको डेढ बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ । अतिक्रमित जग्गा छुट्याउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदनअनुसार करिब डेढ बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको छ । 

जिल्ला प्रशासन कार्यालयको प्राविधिकको टोलीले आज नापजाँच गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार ५० बढी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिर ‘रिपोर्ट’ आएको छ ।

सबैभन्दा बढी उत्तरतिर अतिक्रमणमा परेको छ भने पश्चिम रानीजरुवा र पूर्वतिर पक्की घरहरू बनेका पाइएको उनको भनाइ छ । अस्पतालको करिब डेढ बिघा जग्गा अतिक्रमणमा पर्दा अस्पतालका संरचना विस्तारमा समस्या हुने गरेको अध्यक्ष लामिछानेले बताए।

प्राविधिकसहितको टोलीले नापजाँच गरेकाले विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाउने उनको भनाइ छ । अतिक्रमित जग्गाको दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको टोलीले पनि अनुगमन गरेको थियो ।  

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : २३ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको