मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट « Khabarhub

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल गरी उत्पादन गर्ने उद्योगलाई ५० प्रतिशत अन्तःशुल्क छुट दिने व्यवस्था गरेको छ । तर, मोटरसाइकल उत्पादनमा भने एक उद्योगले १ प्रतिशत कम मूल्यअभिवृद्धि गरेर पछिल्लो तीन वर्षमा अरबौँ कर छुट लिएको महालेखापरीक्षक कार्यालयले औँल्याएको छ ।

महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले ठूला करदाता कार्यालयमा दर्ता भएको मोटरसाइकल एसेम्बल गर्ने एक कम्पनीले अन्तःशुल्क र मूल्य अभिवृद्धि करवापत ६ अर्ब ६४ करोड २६ लाख ४६ हजार रुपैयाँ छुट लिएको तर, खरिद लागतमा भने जम्मा १८ करोड १८ लाख १९ हजार रुपैयाँ मात्रै प्रत्यक्ष खर्च थप गरेको औँल्याएको छ । जुन जम्मा ०.९१ प्रतिशत मूल्य अभिवृद्धि हो ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय ललितपुरमा दर्ता भएको अर्को सवारी साधन एसेम्बनल कम्पनीले पनि १५ करोड ४९ लाख १९ हजार अन्तःशुल्क र मूल्य अभिवृद्धि कर छुट लिएर जम्मा १ करोड ५६ लाख ३३ हजार बराबरको मात्रै प्रत्यक्ष खर्च थप गरेको महालेखाले औँल्याएको छ ।

महालेखाले एसेम्बल उद्योगलाई प्रदान गरिएको अन्तःशुल्क छुटबाट अपेक्षित रूपमा मूल्य अभिवृद्धि नभएको र स्वदेशी कच्चापदार्थको उपयोग नभएकोले यस प्रकृतिको छुटमा पुनरावलोकन गर्नुपर्ने औँल्याएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ५ : ३२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक