विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति « Khabarhub

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ। 

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै तीन ठाउँमा रामघाट, चन्द्रागिरि र तीनचुलीमा आगालागीका घटना भएको छ । तीनचुलीस्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा एक जना घाइते भएका छन् । 

यसैगरी, दाङको गिठेपानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा एकजना घाइते भएका छन् । अछामको मङ्गलसेनस्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गरी एक दुई वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ । 

    चौबीस घण्टामा १८ विपद, तीनको मृत्यु 

प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

अछाममा आगलागीबाट एक, बारामा सर्पले डसेर एक र डोल्पामा लेक लागेर एक जनाको मृत्यु भएको हो । यसैगरी, विभिन्न जिल्लामा विपद्जन्य घटनामा परेर पाँच जना घाइते भएका छन् । प्राधिकरणका अनुसार ती विपद्का घटनाबाट ७७ लाख ९२ हजार बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

सबैभन्दा बढी बाराको जितपुरमा दाल बोकेको लु २ख ५९४१ नम्बरको ट्रकमा तार सर्ट भई आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ६ : १२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको